चीनका राष्ट्रपति सी चिनफिङले बुधबार विजय दिवस परेडपछि आयोजित दिवाभोजलाई सम्बोधन गरेका छन्।
त्यस क्रममा उनले भने, 'संसार कहिल्यै पनि जंगलराजमा फर्कनु हुँदैन, जहाँ बलियाले कमजोरहरूको सिकार गर्छन्।'
सीले दिवाभोज स्वागत भाषणमा कुनै पनि पश्चिमी देशको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेनन्, तर चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई 'धम्की दिनेवाला' भनेका थिए। कारण यसले विश्वभरका देशमा लगाएको भन्सार शुल्क भएको उल्लेख गरेका थिए।
सीले थप भने, 'हामी आशा गर्छौं- सबै देशले इतिहासबाट पाठ सिक्नेछन्, शान्तिलाई महत्त्व दिनेछन् र मानवताका लागि उज्ज्वल भविष्य सिर्जना गर्न मिलेर काम गर्नेछन्।'
आफ्नो भाषणको अन्त्यमा उनले सम्पूर्ण मानवजातिको समृद्धिको कामना गरे।
459
Shares

प्रतिक्रिया