अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको ‘अहिलेसम्मकै ठुलो आक्रमण’ तत्काललाई स्थगन गरेका छन्।
द न्युयोर्क टाइम्स र एक्सियोसका रिपोर्टअनुसार ‘ट्रम्पले शुक्रबार शीर्ष सल्लाहकार र मन्त्रिपरिषद् सदस्यहरूसँगको बैठकपछि सेनालाई कुनै पनि नयाँ ठुला आक्रमण नगर्न आदेश दिएका हुन्।’
रिपोर्टअनुसार, अमेरिकी सेनाका अधिकारीहरूले यदि यो अपरेसन अझ बढ्यो भने मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाका प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य वायु रक्षा हतियारको भण्डार अझ गम्भीर रूपमा घटाउन सक्ने चेतावनी दिएका थिए।’
ज्वइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल डान केनले सल्लाह दिए, ‘ठुलो अभियानले मध्यपूर्वमा तैनाथ अमेरिकी सेना र सहयोगीको सुरक्षामा असर पर्न सक्छ।’
रिपोर्टअनुसार अप्रिल अन्त्यसम्ममा अमेरिकाले १,२०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ।
एक्सियोसका अनुसार आक्रमण रोक्ने निर्णय अस्थायी हो वा दीर्घकालीन भन्ने कुरा स्पष्ट छैन। यद्यपि आवश्यक परेमा अमेरिकी सेना ठुलो सैन्य अपरेसनका लागि तयार छ।
Shares

प्रतिक्रिया