ग्लोबल


१६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्‌कालीन अवतरण

१६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्‌कालीन अवतरण

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १३:१७, काठमाडौँ

एयर इन्डियाको दिल्ली-इन्दौर उडान शुक्रबार इन्दौर विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार १६१ यात्रु सवार विमान इन्जिनमा प्राविधिक गडबडी देखिएपछि आपत्‌कालीन अवतरण गराइएको हो।

दिल्लीबाट इन्दौर आउँदै गरेको एयर इन्डिया एक्सप्रेस उडान नम्बर आईएक्स-१०२८ का पाइलटले अवतरण गर्नुअघि इन्जिनमा प्राविधिक गडबडी पत्ता लगाएका हुन्। 

यसपछि सुरक्षाका कारण शुक्रबार बिहान विमानलाई इन्दौर विमानस्थलमा आपत्‌कालीन अवतरण गराउनुपरेको हो।

एटीसी कन्ट्रोलबाट जानकारी पाउनेबित्तिकै विमानस्थलमा दमकल, एम्बुलेन्स र सीआईएसएफको टोली खटाइएको थियो। विमान बिहान ९:५४ बजे सुरक्षित अवतरण गराइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad