ग्लोबल


गाजामा इजरायलको ‘शक्तिशाली अपरेसन’, रातारात घर छाड्न बाध्य भए प्यालेस्टिनी

गाजामा इजरायलको ‘शक्तिशाली अपरेसन’, रातारात घर छाड्न बाध्य भए प्यालेस्टिनी

गाजाबाट बाहिरिँदै स्थानीय


नेपालखबर
असोज १, २०८२ बुधबार ६:३३, काठमाडौँ

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने उद्देश्यले गरेको ठूलो आक्रमणको एक भागका रूपमा स्थलगत कारबाही सुरु गरेको पुष्टि गरेको छ। यसपछि हजारौँ परिवार गाजा सहर छाडिरहेका छन्।

सहरको शेख रडवान क्षेत्रकी तीन सन्तानकी आमा ३२ वर्षीया लीना अल-मघरेबीले सुरुमा खतराका बाबजुद आफ्नो घर छोड्न अस्वीकार गरेकी थिइन्।

तर उनलाई एक इजरायली अधिकारीले फोन गर्दै घर खाली गर्न आदेश दिए। यसपछि उनी आफ्नो घर छोड्न बाध्य भएको बीबीसीले जनाएको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहरमा ‘शक्तिशाली अपरेसन’ सुरु गरिएको बताएका छन्, जसलाई उनले हमासको अन्तिम प्रमुख गढ भनेका छन्। 

इजरायली सेनाले स्थानीय मानिसहरूलाई बाहिर निस्कन अल-रसिद तटीय सडकमा मात्र अनुमति दिएको छ।

धेरै मानिसले यस मार्गमा ठूलो मात्रामा ट्राफिक जाम भएको र सवारीसाधनहरूको लामो लाइन लागेको बताएका छन्। 

माथिबाट हवाई आक्रमण जारी रहँदा मानिसहरू सडकको छेउमा फसेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad