समाज


मुग्लिनमा पहराबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुको मृत्यु

मुग्लिनमा पहराबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८२ बुधबार ७:३२, मुग्लिन

नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो। 

ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय  ऐश्वर्या कामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ढुंगाले लागेर गम्भीर घाइते भएका कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 
 

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुन्धान भइरहेको सूचना अधिकारी खनालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad