ग्लोबल


तालिबान सरकारको अर्को आदेश: महिलाले लेखेका पुस्तक विश्वविद्यालयमा प्रतिबन्ध

तालिबान सरकारको अर्को आदेश: महिलाले लेखेका पुस्तक विश्वविद्यालयमा प्रतिबन्ध

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:१२, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्धअन्तर्गत महिलाले लेखेका पुस्तक विश्वविद्यालयहरूबाट हटाएको छ।

बीबीसीका अनुसार सोही आदेशले मानव अधिकार र यौन उत्पीडनजस्ता विषयको पढाइमा पनि प्रतिबन्ध लागेको छ।  

तालिबानले ६८० पुस्तक प्रतिबन्ध लगाएको छ, जसमा लगभग १४० वटा महिलाले लेखेका छन्, जसमा ‘रासायनिक प्रयोगशालामा सुरक्षा’जस्ता पुस्तक पनि छन्।

तालिबानले यी पुस्तक आफ्नो नीति र सरियाविरुद्ध रहेको बताएको छ।

तालिबान अधिकारीहरूका अनुसार ‘सरियाका सिद्धान्त र प्रणालीको नीतिअनुरूप नभएका’ १८ विषय नपढाउन पनि विश्वविद्यालयहरूलाई आदेश दिइएको छ। 

यो आदेश चार वर्षमा तालिबानद्वारा लगाइएका प्रतिबन्धको शृंखलामा अर्को कदम हो।

यसै हप्ता तालिबानका सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर-अप्टिक इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ। 

यसको उद्देश्य अनैतिकता रोक्नु रहेको दाबी तालिबानी अधिकारीहरूले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad