राजनीति


जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आग्रह

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आग्रह

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:१४, काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गरेका छन्। 

जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकताबद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गरेका हुन्।

शुक्रबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी भएका उनले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरूले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गरे।  

यस्तो छ उनको भनाइ
संरचनाहरू धेरै ध्वस्त भएको छ। काठमाडौँमा मात्रै होइन, देशैभरी करिब ३ सय घरहरू ध्वस्त भएका छन्। पुलिसलगायत सुरक्षा निकायका संरचनाहरू ध्वस्त भएका छन। हजारभन्दा बढि सवारी साधनहरू ध्वस्त भएका छन्। अब पहिला गर्नुपर्ने काम सरसफाई गरेर प्रयोगमा ल्याउनुपर्ने र पुनर्निर्माण गर्नुपर्ने काम एक, २ महिनाभित्र सक्ने। अरु लामो समय लगाएर गर्नुपर्ने काम पनि सुरु गरिसकेका छौं। यसमा सरकारले गर्ने काम गर्छ नै। यो विषयमा आम नागरिकले पनि गरोस् भनेर कोष खडा गरेका छौं।

यसबारे क्याविनेटले निर्णय गरेर अघि बढेको छ। यसमा देशविदेशमा रहेका साथीहरूको रकम जम्मा गरेर र उहाँहरूले कसरी सहयोग गर्नुहुन्छ ? सबै सहयोगको अपेक्षा गरेका छौं। भोलेन्टियर साथीहरूले पनि सहयोग गर्न सुरु गर्नुभएको छ। पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्। देशभरी धैरै सरकारी संरचनाहरू ध्वस्त भएका छन्। जलेका छन। अब हामी यो पूर्वाधार नेपालको हाम्रो पुर्वाधारलाई हामी आफैँ बनाउनुपर्छ भन्ने महाअभियानका साथ यो भोलेन्टियर्स साथीहरूले जुन काम सुरु गर्नुभएको छ।

उहाँहरूको कामलाईं धेरैधेरै धन्यवाद छ। यो अभियान सरसफाई अभियान र पुनर्निर्माण अभियानलाई हामीले देशभर आजबाट हामीले सुरुवात गरेका छौं। सबै भोलेन्टियर्स साथीहरूलाई ठाउँठाउँमा सेक्टरवाईज आएर अगाडि बढ्नलाई म हार्दिक अनुरोध गर्दछु। यो देश बनाउने अभियान, देशको पुनर्निर्माणको जागरण अभियान पनि हो। र देश बनाउने अभियान पनि हो। सबै साथीहरू संलग्न हुनका लागि हार्दिक अनुरोध गर्दछु। देशमा रहेका र विदेशमा रहेका सम्पूर्ण साथीहरूले यसमा एकतावद्ध भएर ऐक्यवद्धता जनाएर अघि बढ्न पनि हार्दिक अनुरोध गर्दछु। हाम्रा धेरै संरचनाहरू ध्वस्त भएका छन्। करिब डेढ २ खर्व भन्दा बढिको संरचनाहरू ध्वस्त भएका छन्।

यी संरचनाहरूलाई हामी नेपालीहरूले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर र नेपालीहरूले नै बनाउनु पर्छ भन्ने अभियानको रुपमा यसलाई लिएका छौं। र सरकारले एउटा पुनर्निर्माण कोष पनि खडा गरेको छ। विदेशमा रहेका सम्पूर्ण साथीहरू, नेपालमा रहेका सम्पूर्ण साथीहरू विभिन्न क्षेत्रमा काम गर्ने साथीहरूले यो कोषमा आफूले सकेको आफ्नो इच्छा अनुसारको योगदान जति गर्न सकिन्छ। त्यो गरेर देश विकासको यो महाअभियानमा यो पुनजागरणको अभियानमा सहभागी हुन म हार्दिक अनुरोध गर्दछु।

विदेशमा रहेका साथीहरूको यसमा धेरै सहयोग रहनेछ भन्नेमा म एकदम आशावादी छु। विभिन्न देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूको धेरै नै सहयोगको हामीले अपेक्षा गरेका छौं। र उहाँहरूका विषयमा पनि केही कुराहरू सरकारले एड्रेस गर्नेछ। उहाँहरूको भोटिङ राईटदेखि लिएर नागरिकता विषय र भिसाका इस्यूहरूमा सम्बोधन गर्नुपर्छ भनेर त्यसतर्फ छलफल पनि गरिरहेका छौं। यो विषयमा हामी सबै नेपालीहरू एक भएर अब देश निर्माण तिर अगाडि बढनु पर्छ।

अब देशमा धेरै नै गम्भिर परिस्थिति निर्माण भयो। यो् गम्भिर परिस्थितिलाई अव सहजीकरणतिर अघि बढेर सबैको सहभागिता, सहयोग, सहकार्यमा सबै सहभागी भएर एक भएर अघि बढनु पर्छ। अब हामी विध्वंशतिर भन्दा पनि निर्माणतिर अगाडि बढ्नुपर्छ। सबैलाई एक भएर अघि बढ्न म सबैलाई आग्रह गर्दछु। आजको कार्यक्रम हामीले सुरु गरेका छौं। यो सुरुवात हो। काठमाडौं मात्रै होइन, देशब्यापी रुपमा सबै जनजी पुस्ताका साथीहरू अब यो पुनर्निर्माण र पुनर्जागरण अभियानमा संलग्न हुन पनि म हार्दिक अनुरोध गर्दछु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad