राजनीति


कांग्रेसले तत्काल कसैलाई कार्यवाहक नदिने, देउवालाई कुर्ने

कांग्रेसले तत्काल कसैलाई कार्यवाहक नदिने, देउवालाई कुर्ने

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:२५, काठमाडौँ

नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो। 

बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

'आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ' उनले भने।

आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो। 

भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवाहक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो। 

अहिले देउवा घाइते छन्। जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा  देउवा घाइते छन्। उनीहरू उपचाररत छन्।  

जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए। आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad