नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानलाई पुनरवलोकन गर्न आवश्यक रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुक्रबार भिडिओ सन्देश जारी गर्दै उपमहासचिव शर्माले जेनजी आन्दोलन विद्रोहको रूपमा अभिव्यक्त भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएको प्रणालीलगायत विषय समावेश गरी संविधानलाई पुनरवलोकन गर्न आवश्यक रहेको बताएका छन्।
उनले भनेका छन्, 'संविधानलाई अग्रगामी दृष्टिकोणले सर्वस्वीकार्य बनाउन पनि त्यत्तिकै महत्त्वपूर्ण छ।'
भदौ २३ गतेको आन्दोलनबारे छानबिन गर्न, यथाशीघ्र आयोग बनाउन, सम्पत्तिको भौतिक क्षतिमा संलग्नलाई कानुनको दायरामा ल्याउन उनले माग गरेका छन्।
अन्योलता र निराशा चिर्दै संविधानकै जगबाट आशा र विश्वासका साथ राष्ट्रिय पुनर्निर्माणमा जुट्न पनि उपमहासचिव शर्माले आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया