जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
गएराति शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा ५३८ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामदसँगै चालक र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालका अनुसार पक्राउ प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।
27
Shares

प्रतिक्रिया