कोशी


देवानगञ्ज घटना: सर्वदलीय बैठकमा सीडीओ र एसपीलाई हटाउन माग

देवानगञ्ज घटना: सर्वदलीय बैठकमा सीडीओ र एसपीलाई हटाउन माग

नेपालखबर
साउन ११, २०८३ सोमबार १६:१, विराटनगर

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बसेको सर्वदलीय बैठकमा समस्या समाधान गर्न भन्दा पनि सुरक्षा निकायका अधिकारी हटाउनेमा केन्द्रित भएको छ।

समस्या समाधानमा लाग्नु पर्ने रास्वपासहित सरकारमा रहेका र बाहिर रहेका दलहरू सुरक्षा अधिकारीलाई हटाउनु पर्ने मागसहित अघि बढेका हुन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई हटाउनुपर्ने  विषय उठेको छ।

दुई समुदायबीचको झडपपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सचिव राजाराम मेहताले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुख एसपी केशव थेबेलाई तत्काल जिल्लाबाट हटाउनुपर्ने माग गरेका थिए।

उनले घटनामा प्रशासन र प्रहरीको भूमिका विवादास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि जिम्मेवार अधिकारीहरूलाई हटाउनुपर्ने धारणा राखे। रास्वपाका अन्य केही नेताले पनि उनको मागमा समर्थन जनाएका थिए।

बैठकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले जानकारी दिए।

मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिसकेको छ भने प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad