कोशी


सुनसरी घटनालाई लिएर विराटनगरमा पनि प्रदर्शन

सुनसरी घटनालाई लिएर विराटनगरमा पनि प्रदर्शन

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:३८, विराटनगर

सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपपछि एक जनाको मृत्यु भएको विषयलाई लिएर विराटनगरमा पनि प्रदर्शन भएको छ।

आइतबार राति दुई समूह बिचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। अन्य  २२ जना घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।  

सुनसरीको घटनाको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा दोषीलाई कारबाही माग गरिएको छ।

प्रदर्शनकारीहरूले विराटनगरका पसल तथा व्यवसायहरू बन्द गराउँदै हिँडेका थिए। उनीहरूले अहिले विराटनगरको मुख्य बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad