यस वर्षको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ ओटीटी (ओभर द टप) प्लेटफर्ममा स्ट्रिमिङ भएको छ। यो फिल्म शुक्रबारदेखि नेपाली ओटिटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज भएको हो।
नवीन चौहान निर्देशित यस फिल्ममा विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको छ। गत वैशाख २६ गते यस फिल्मले बक्सअफिसमा ८ करोड बढीको व्यापार गरेको थियो।
साथै ३० वटाभन्दा बढी हलमा ५१ औं दिन मनाएको थियो।
आर्टमाण्डुको प्रस्तुति रहेको फिल्मको कथा पनि नवीन चौहानले लेखेका हुन्। म्युजिक लबस्टोरी यस फिल्ममा समावेश गीतहरूलाई पनि दर्शकहरूले निकै मन पराएका थिए।
66
Shares

प्रतिक्रिया