युरोपका केही ठूला विमानस्थलहरूको स्वचालित चेक-इन र बोर्डिङ प्रणालीमा ह्याकरले अवरोध गरेका छन्।
युरोपस्थित बेल्जियमको ब्रसेल्स, बेलायतको हिथ्रो र जर्मनीको बर्लिन विमानस्थल ह्याकरको मुख्य निसानामा परेका हुन्। जसका कारण कयौँ उडान प्रभावित भएका छन्।
सेप्टेम्बर १९ बाट ह्याकरहरूले आरटिएक्समा अवरोध गरको स्वचालित चेक-इन र बोर्डिङ प्रणाली आजसम्म पूर्ण सक्रिय भएको छैन। सेप्टेम्बर २० मा विमान यात्रुले लामो लाइन, उडान रद्द र ढिलाइ भोग्नु परेको थियो।
सेप्टेम्बर २१ मा बर्लिन र हिथ्रोमा अवरोध केही कम भए पनि ब्रसेल्स विमानस्थलका निर्धारित २५७ उडान मध्ये ५० उडान रद्द गरिएका थिए।
ब्रसेल्स विमानस्थलले आज एक विज्ञप्तिमा चेक-इन र बोर्डिङ प्रणाली प्रदायक कोलिन्स एयरोस्पेसले आफ्नो प्रणालीलाई हालसम्म पुनर्स्थापित र अद्यावधिक गर्न नसकेको बताएको छ। जसका कारण लगभग आधा उडान रद्द गर्न एयरलाइन्सहरूलाई भनिएको उल्लेख छ।
Shares

प्रतिक्रिया