ग्लोबल


पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु, भारतलाई आरोप

पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु, भारतलाई आरोप

नेपालखबर
असोज १४, २०८२ मंगलबार २०:२०, काठमाडौँ

मंगलबार दिउँसो पाकिस्तानी सहर क्वेटाको व्यस्त सडकमा आत्मघाती बम विस्फोट भएको छ।

पाकिस्तानी पत्रिका डनका अनुसार विस्फोटमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। मारिनेमा चार जना आतंककारी पनि छन्।

क्वेटाका एसएसपी मोहम्मद बलोचका अनुसार अर्धसैनिक बल मुख्यालयनजिकै विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो।विस्फोट यति शक्तिशाली थियो कि नजिकैका घरहरूका झ्यालसमेत फुटेका छन्, भित्ता चर्किएका छन्।

यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो आक्रमण भारत समर्थित तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतंककारीले गराएको आरोप लगाएका छन्।

भारतले भने अहिलेसम्म यो आरोपको जवाफ दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad