ग्लोबल


फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

नेपालखबर
असोज १५, २०८२ बुधबार ८:३९, काठमाडौँ

मंगलबार राति फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

बीबीसीका अनुसार भूकम्पले धेरै भवन भत्किएका छन्। कम्तीमा २६ जनाको मृत्यु भएको छ। १४७ जना घाइते भएका छन्।

अधिकारीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको र मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो सहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो, जसको गहिराइ लगभग १० किलोमिटर थियो।

सुनामी चेतावनी सुरुमा जारी गरिएको थियो, तर पछि हटाइएको छ। 

भूकम्प गएको क्षेत्रमा उद्धार टोली तैनाथ छन् र स्थानीय अधिकारीहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad