पाकिस्तान अधीनस्थ काश्मीरमा लगातार तेस्रो दिन भएको हिंसात्मक प्रदर्शनपछि मारिने सर्वसाधारणको संख्या १२ पुगेको छ। एनडीटीभीले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार बाघ जिल्लाको धिरकोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने मुजफ्फराबादमा कम्तीमा दुई र मिरपुरमा दुई जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी नागरिक घाइते भएका छन्।
पाकिस्तानी सरकारविरुद्ध भएको प्रदर्शनपछिको झडपमा तीन प्रहरीको पनि मृत्यु भएको विवरण यसअघि नै बाहिर आएको थियो। कम्तीमा नौ जना प्रहरी घाइते छन्।
संयुक्त अवामी कार्य समितिको नेतृत्वमा विगत ७२ घण्टामा विशाल विरोध प्रदर्शनबाट प्रभावित भएको छ, जसमा बजार, पसल र स्थानीय व्यवसायहरू पूर्ण रूपमा बन्द गर्नुका साथै यातायात सेवाहरू पनि बन्द गरिएको छ।
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक प्रदर्शन, तीन प्रहरीको मृत्यु
546
Shares

प्रतिक्रिया