अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गर्यो भने हमास ध्वस्त हुने चेतावनी दिएका छन्।
उनले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा उक्त चेतावनी दिएका हुन्।
शनिबार सीएनएनका जेक ट्यापरले ट्रम्पलाई टेक्स्ट सन्देशमार्फत सोधे- यदि हमास सत्तामा रहिरह्यो भने के हुन्छ?
राष्ट्रपति ट्रम्ले जवाफ दिए, ‘पूर्ण रूपमा ध्वस्त!’
यस क्रममा उनले हमास साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भनेर चाँडै स्पष्ट हुने पनि बताए।
ट्रम्पले थप भने, ‘म आशा गर्छु- मेरो युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेछ।’
यसअघि शनिबार उनले इजरायलले आफूले तयार पारेको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए।
363
Shares

प्रतिक्रिया