इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शान्ति सम्झौताको पहिलो चरणमा हमास र इजरायलबीच भएको सम्झौतालाई ‘इजरायलका लागि ठूलो दिन’ भनेका छन्।
नेतन्याहूले सम्झौता अनुमोदन गर्न र इजरायली बन्धकहरूलाई घर फिर्ता ल्याउन बिहीबार मन्त्रिपरिषद् बैठक राखिने बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरूलाई घर ल्याइनेछ। यो कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय र नैतिक विजय हो।’
उनले आफ्ना मित्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अथक प्रयासका कारण यो महत्त्वपूर्ण मोडमा आपुगेको पनि उल्लेख गरेका छन्।
ट्रम्पलाई धन्यवाद दिँदै नेतन्याहुले लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षा र हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रतिको अटल प्रतिबद्धताका लागि धन्यवाद दिन्छु।’
सम्झौताअनुसार हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि छाडिनेछन्।
बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ। योसँगै उनी जीवितै रहेको आशा गरिएको छ।
तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन।
Shares

प्रतिक्रिया