ग्लोबल


गाजामा शनिबार बिहानदेखि युद्धविराम हुने, बन्धक रिहा कहिले?

गाजामा शनिबार बिहानदेखि युद्धविराम हुने, बन्धक रिहा कहिले?

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १३:२७, काठमाडौँ

इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहानदेखि गाजामा युद्धविराम लागु हुने भएको छ।

बीबीसीका अनुसार युद्धविराम लागु भएको ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ।

गाजामा हमासले बन्धक बनाएकामध्ये २० जना मात्र जीवित रहेको विश्वास गरिन्छ।

यी बन्धकको बदलामा इजरायलले पनि आफ्ना जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदी रिहा गर्नेछ। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्झौताको वार्तामा सहयोग गरेकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

नेतन्याहुलाई आफ्नै राजनीतिक उद्देश्यका लागि द्वन्द्व लम्ब्याएको आरोप लगाइएको छ।

यसैबीच हमासका गाजा प्रमुख खलिल अल-हय्याले अमेरिका र अन्य मध्यस्थकर्ताले युद्ध समाप्त भएको ग्यारेन्टी दिएको बताएका छन्।

गाजामा युद्धविराम र बन्धक रिहाइ नेपालका लागि पनि निकै महत्त्वपूर्ण बनेको छ। किनभने नेपाली विद्यार्थी विपिन जोशी पनि २ वर्षदेखि हमासको हिरासतमा छन्।

तर हाल उनको अवस्था कस्तो छ भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad