ग्लोबल


अमेरिकी सेनाको हतियार कारखानामा ठूलो विस्फोट, १९ जना बेपत्ता

अमेरिकी सेनाको हतियार कारखानामा ठूलो विस्फोट, १९ जना बेपत्ता

घटनास्थलबाट लिइएको विस्फोटको तस्बिर


नेपालखबर
असोज २५, २०८२ शनिबार ५:३६, काठमाडौँ

अमेरिकाको टेनेसी राज्यमा रहेको एक सैन्य विस्फोटक पदार्थ बनाउने कारखानामा ठूलो विस्फोट भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा १९ जना बेपत्ता भएका छन् र उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।

हम्फ्रे काउन्टीका सेरिफ क्रिस डेभिसले यो आफ्नो करियरमा देखेको सबैभन्दा भयानक दृश्य भएको बताए।

उनले भने, ‘हाम्रो टोली निरन्तर उद्धारमा संलग्न छ र बेपत्ता परिवारसँग कुरा गरिरहेको छ। यो एकदमै दु:खद र विनाशकारी घटना हो।’

टेनेसीको राजधानी न्याशभिलबाट करिब एक घण्टा दक्षिणमा रहेको बक्सनोर्टमा रहेको प्लान्टमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

विस्फोटले कारखाना वरपरका क्षेत्रमा त्रास फैलिएको छ र स्थानीय मिडियाका अनुसार कम्तीमा १९ जना बेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad