ग्लोबल


काबुल विस्फोटमा दोष दिँदै पाकिस्तानलाई अफगानिस्तानको चेतावनी: परिणाम भोग्नुपर्नेछ

काबुल विस्फोटमा दोष दिँदै पाकिस्तानलाई अफगानिस्तानको चेतावनी: परिणाम भोग्नुपर्नेछ

नेपालखबर
असोज २५, २०८२ शनिबार १०:४२, काठमाडौँ

बिहीबार आफ्नो राजधानी काबुलमा भएको शक्तिशाली विस्फोटमा पाकिस्तानी सेनाको हात रहेको आरोप लगाउँदै अफगानिस्तानले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ। 

शुक्रबार अफगान रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानले फेरि एकपटक अफगान हवाई क्षेत्रको उल्लंघन गरेको छ। पाकिस्तानी सेनाले डुरान्ड रेखानजिकै पक्तिका प्रान्तको मार्गा क्षेत्रमा रहेको बजारलाई निसाना बनाएको छ र राजधानी काबुलको हवाई क्षेत्रको पनि उल्लंघन गरेको छ।’

उसले अगाडि भनेको छ, ‘अफगानिस्तान र पाकिस्तानको इतिहासमा यस्तो कहिल्यै भएको थिएन। यो हिंसात्मक र निन्दनीय छ। हामी अफगानिस्तानको सार्वभौमसत्ताको यो उल्लंघनको कडा निन्दा गर्छौं। हाम्रो हवाई क्षेत्रको रक्षा गर्नु हाम्रो अधिकार हो।’

अफगान रक्षा मन्त्रालयले पाकिस्तानी सेनालाई चेतावनी दिँदै थपेको छ, "परिस्थिति जतिसुकै गम्भीर भए पनि पाकिस्तानी सेनाले परिणाम भोग्नुपर्नेछ।’

तर पाकिस्तानले घटनाका विषयमा अहिलेसम्म स्वीकार वा अस्वीकार केही गरेको छैन।

भारत भ्रमणमा रहेका तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले देशको सीमावर्ती क्षेत्रमा आक्रमण भएको र पाकिस्तानले यो गल्ती दोहोर्‍याउन नहुने चेतावनी दिएका छन्। 

बीबीसी उर्दुका अनुसार, शुक्रबार पेसावरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे सोध्दा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले स्पष्ट जवाफ दिएनन्।

उनले यत्ति भने, ‘अफगानिस्तानको माटो पाकिस्तानविरुद्ध आतंकवादका लागि प्रयोग भइरहेको छ। पाकिस्तानका जनताको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिएको छ र चालिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad