अफगान सेनाले शनिबार राति डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा गोलाबारी गरेको छ।
पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा तालिबान सरकार छ।
अफगान मिडिया आउटलेट टोलो न्युजका अनुसार, शनिबार अफगानिस्तानले पाकिस्तानमा गरेको आक्रमणमा १२ पाकिस्तानी सैनिक मारिएका छन्। तालिबान लडाकुहरूले दुई पाकिस्तानी सेनाको चौकी कब्जा गर्दै डुरान्ड रेखापारि कुनार र हेलमन्ड प्रान्तमा रहेका पाकिस्तानी चौकी पनि ध्वस्त पारेका छन्।
At the same… pic.twitter.com/5gQHikKvQe— TOLOnews English (@TOLONewsEnglish) October 11, 2025
अफगान रक्षा मन्त्रालयले भनेको छ, ‘हाम्रो कारबाही मध्यरातमा समाप्त भयो। यदि पाकिस्तानले फेरि अफगान सीमा उल्लंघन गर्छ भने हाम्रो सेना देशको रक्षा गर्न पूर्ण रूपमा तयार छ।’
पाकिस्तानी गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानले भारतले जस्तै उचित जवाफ पाउने चेतावनी दिएको छ।
पाकिस्तानको खैबर-पख्तुनख्वा प्रान्तका एक अधिकारीले मिडियालाई बताएअनुसार अफगानिस्तानले चार फरक स्थानमा आक्रमण गरेको छ। पाकिस्तानी सेनाले पनि जवाफमा भारी गोलीबारी गरेको छ।
लडाइँका क्रममा पाकिस्तानी सेनाले तीनवटा अफगानी ड्रोन खसालेको छ, जसमा बम बोकेको आशंका गरिएको छ।
आक्रमणसँग सम्बन्धित अर्को भिडिओ-
⚡️ Pakistan begins ‘retaliatory operation’ against Afghanistan — state media
— RT (@RT_com) October 11, 2025
MASSIVE artillery fire lights up night — PTV News https://t.co/r9amR2q0IH pic.twitter.com/IFJpznRye7
साउदी अरेबियाले युद्धप्रति चिन्ता व्यक्त गरेको छ। साउदी सरकारले दुवै देशलाई शान्ति र वार्ताबाट समस्या समाधान गर्न र तनाव बढाउनबाट बच्न अपिल गरेको छ।
Shares

प्रतिक्रिया