चिनियाँ कम्युनिस्ट पार्टीले नौ जना शीर्ष जनरलहरूलाई पार्टी र सेनाबाट निष्कासन गरेको छ।
चीनको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी ती नौ व्यक्तिविरुद्ध गम्भीर वित्तीय अपराधको आशंका गरिएको उल्लेख गरेको छ।
तीमध्ये धेरैजसो वरिष्ठ जनरल र पार्टीको निर्णय लिने केन्द्रीय समितिका सदस्य छन्।
विज्ञप्तिमा कारबाहीलाई भ्रष्टाचार विरोधी अभियानको एक भाग भनिएको छ। तर विश्लेषकहरूले यसलाई राजनीतिक चालको रूपमा पनि हेरेका छन्।
यो कारबाही पार्टीको महाधिवेशन अगाडि गरिएको हो।
महाधिवेशनमा केन्द्रीय समितिले देशको आर्थिक विकास योजनाबारे छलफल गर्नेछ भने नयाँ सदस्य चयनका लागि मतदान गर्नेछ।
564
Shares

प्रतिक्रिया