रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा अमेरिकी टोमाहक मिसाइलले आक्रमण गरियो भने कडा जवाफ दिने चेतावनी दिएका छन्।
अमेरिकाले दुई रुसी तेल कम्पनीविरुद्ध प्रतिबन्ध लगाएपछि पुटिनको यो भनाइ आएको हो।
यद्यपि पुटिन पनि वार्ताका लागि तयार देखिएका छन्।
पुटिनले भने, 'टकराव वा कुनै पनि विवादभन्दा संवाद सधैँ राम्रो हुन्छ। हामीले सधैँ निरन्तर संवादलाई समर्थन गरेका छौँ।'
अक्टोबर २२ मा ट्रम्प र पुटिनबीच प्रस्तावित बैठक रद्द भएपछि अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलमा प्रतिबन्ध लगाएको छ।यसको उद्देश्य रुसको युद्ध कोष रोक्नु हो।
पुटिनले ट्रम्पको कदमको आलोचना गरेका छन् र सम्बन्ध बिग्रँदै गएको औँल्याएका छन्।
ट्रम्प सुरुमा रुससँग राम्रो सम्बन्ध स्थापित गर्न चाहन्थे, तर युक्रेन युद्धमा युद्धविराममा सहमत हुन बारम्बार अस्वीकार गरेपछि पुटिनसँग रिसाएका छन्।
Shares

प्रतिक्रिया