समाज


९ कात्तिक: मिथुन र कर्कटलाई हरेक काममा सफलता मिल्ने, कन्याको अधुरो काम बन्ने, तपाईँको के?

९ कात्तिक: मिथुन र कर्कटलाई हरेक काममा सफलता मिल्ने, कन्याको अधुरो काम बन्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
कात्तिक ९, २०८२ आइतबार ५:३८, काठमाडौँ

आज आइतबार, ९ कात्तिक २०८२ (२६ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल

मेष: मनमा निराशा र शरीरमा आलस्य आउनसक्छ। मनमा चञ्चलता बढ्नेछ र अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। फलदायी यात्रा नहोला, तर साँझमा शुभ समाचार सुन्नमा आउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

वृष: मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

मिथुन: प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

कर्कट: सफल यात्रा र उपहार पाइने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ५५,वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरुको विश्वास नगर्ने।

सिंह: दिन सामान्य नै रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। आज कालो रङ्गको प्रयोग नगर्ने।

कन्या: अधुरो काम पूरा हुनेछ। उपकार गरेर अरुको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ। विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ५७,वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: चिताएको कामले तीव्रता लिनेछ। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: रोजगारको अवसर मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। प्रणयसम्बन्ध बढ्ने समय छ।

भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६८, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

धनु: झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। चुनौतीको सामना पनि गर्नुपर्ला। साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। पुनर्मिलनको योग रहेको छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रङ्गको प्रयोग नगर्ने।

कुम्भ: वाक्चातुर्यले कार्य सिद्ध हुनेछ। दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ। नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ, तर बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

मीन: अचल सम्पत्ति हात पर्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad