अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता सुरु भएको छ।
बीबीसीका अनुसार यो भेटवार्ता दक्षिण कोरियामा भइरहेको हो। दुई नेताले व्यापार सम्झौताबारे छलफल गर्नेछन्।
बैठकअघि डोनाल्ड ट्रम्पले आफ्नो छोटो टिप्पणीमा बैठक धेरै सफल हुने आशा व्यक्त गरे।
ट्रम्पले भने, 'दुई देशबीच सधैँ राम्रो सम्बन्ध छ।'
सी चिनफिङले आफ्नो उद्घाटन भाषणमा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेदेखि तीनपटक उनीसँग कुरा गरेको बताए।
सीले दुवै देश र सम्पूर्ण विश्वको हितका लागि अझ बढी ठोस काम गर्न अमेरिकासँग सहकर्य गर्न चाहेको बताए।
एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन दक्षिण कोरियामा आयोजना भइरहेको छ, जहाँ दुवै नेताहरूले भाग लिएका हुन्।
153
Shares

प्रतिक्रिया