बेलायतको क्याम्ब्रिजसायरमा रेलमा चक्कु प्रहार हुँदा १० जना घाइते भएका छन्।
ब्रिटिस ट्रान्सपोर्ट प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।
डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलका यात्रुलाई चक्कु आक्रमण गरिएको हो।
घाइते १० जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ।
प्रहरीले यसलाई ‘ठूलो घटना’ भनेको छ। आतंकवादविरोधी अधिकारीहरूले पनि घटनाको अनुसन्धान गरिरहेका छन्।
ब्रिटिस ट्रान्सपोर्ट प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट क्रिस केसीले आक्रमणलाई ‘स्तब्ध पार्ने घटना’ भनेका छन्।
उनले कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन्।
केसीले भने, ‘उक्त क्षेत्रमा रेल सेवा स्थगन गरिएको छ र अर्को सूचना नभएसम्म सडक बन्द रहनेछ।’
342
Shares

प्रतिक्रिया