सोमबार बिहान उत्तरी अफगानिस्तानको मजार-ए सरिफ सहरनजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु २६० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
मृतकको संख्या बढ्न सक्ने सम्भावना छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ५ लाख २३ हजार जनसंख्या भएको मजार-ए सरिफनजिकै २८ किलोमिटर (१७.४ माइल) गहिराइमा भूकम्प गएको हो।
भूकम्पको सबैभन्दा बढी असर बाल्ख र समङ्गन प्रान्तका केही भागमा परेको अफगान तालिबान रक्षा मन्त्रालयले जनाएको छ।
27
Shares

प्रतिक्रिया