ग्लोबल


रुसमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

रुसमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १०:४६, काठमाडौँ

रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उपस्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्कोको मध्यम छ।

दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्। सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन्। 

अधिकारीहरूका अनुसार का-२२६ हेलिकप्टर दुर्घटनाका बेला आगलागी भई पूर्ण रूपमा ध्वस्त भएको छ।

क्षेत्रीय आपत्‌कालीन सेवाका अनुसार उडानको इन्जिनमा आगो लाग्नु दुर्घटनाको प्राथमिक कारण मानिएको छ। 

दागेस्तानका लागि रुसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले विज्ञप्तिमा भनेको छ- किज्ल्यारबाट इज्बरबास जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोकिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad