राजनीति


अफताब आलमको निधनप्रति दु:ख प्रकट गर्दै शेखरले लेखे: लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान अविस्मरणीय

अफताब आलमको निधनप्रति दु:ख प्रकट गर्दै शेखरले लेखे: लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान अविस्मरणीय

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ११:३३, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री अफताब आलमको निधनप्रति दु:ख प्रकट गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा गरेको योगदान अविस्मरणीय रहने उल्लेख गरेका छन्।

'नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनले दुःखी बनाएको छ', कोइरालाले लेखेका छन्, 'आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनुभएको योगदान सधैँ अविस्मरणीय रहिरहनेछ। शोकाकुल यस समयमा स्व. मोहम्मद अफताब आलमप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना।'

गएराति २:५८ बजे काठमाडौँ मेडिकल कलेजमा आलमको मृत्यु भएको हो।

२०६४ सालमा निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलमलाई लागेको थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। 

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ।

उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ।

सर्वोच्चको फैसला आउन बाँकी छँदै आलमको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad