कोशी


बिहार चुनावका कारण आज साँझदेखि मोरङका सीमा नाका ७२ घण्टा बन्द गरिने

बिहार चुनावका कारण आज साँझदेखि मोरङका सीमा नाका ७२ घण्टा बन्द गरिने

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ११:५७, विराटनगर

भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ।

बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ भने दोस्रो चरणको मतदान यही नोभेम्बर ११ तारिख हुँदै छ।

उक्त अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल–भारत सीमावर्ती क्षेत्रका नाका ३ दिन बन्द गरिने भएकाे हाे।

मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सीमा नाका ७२ घण्टासम्म बन्द गरिने जानकारी दिएको हो।

सूचनाअनुसार मतदान अवधिमा शान्ति-सुरक्षालाई ध्यानमा राखी सीमावर्ती आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी सराेज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, 'बिहार विधानसभाको आम निर्वाचन–२०२५ मा मतदानका दिन सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले नेपाल–भारत सीमामा ७२ घण्टाको लागि नाका बन्द गरिने निर्णय भएको छ।'

प्रशासनले जारी गरेकाे सूचनाअनुसार, आगामी २०८२ कात्तिक २२ गते साँझ ६:१५ बजेदेखि २०८२ कात्तिक २५ गते निर्वाचन सम्पन्न नभएसम्म सीमावर्ती नाका बन्द रहनेछ।

यस अवधिमा आपतकालीन सेवाबाहेक सबै किसिमका आवागमनमा रोक लगाइने जनाइएको छ।

प्रशासनले नागरिकहरूलाई यस अवधिमा अनावश्यक सीमा आवागमन नगर्न तथा स्थानीय सुरक्षाकर्मीको निर्देशनको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad