खेल


भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १२:३२, काठमाडौँ

भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो। 

जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो। 

नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि रासिद खानले ३ विकेट लिए। बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए। 

भारतविरुद्ध नेपालले निर्धारित ६ ओभरमा विनाविकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि रासिद खान अर्धशतक बनाउँदै रिटायर्ट हर्ट भए। उनले १७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै रिटायर्ट हर्ट भए। 

सन्दीप जोरा १२ बलमा ४ चौका र ५ छक्का सहयोगमा ४७ रनमा अविजित रहे। लोकेश बम ७ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रनमा नटआउट रहे। 

शनिबार नै भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भयो। यो नेपालको लगातार तेस्रो हार थियो। 

नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ५.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन बनायो। 

शनिबारै भएको दोस्रो खेलमा पनि नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो। 

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। 

अब नेपाल आइतबार संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad