आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्ससामु नेपाली टोलीले जितका लागि १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४४.४ ओभरमा १५७ रन बनाउँदा अलआउट भयो।
नेपालका लागि आरिफ शेखले बनाएको ४१ रन नै सर्वाधिक रह्यो। उनले ९० बलमा ४ चौका प्रहार गरे।
गुल्सन झाले २९, दिपेन्द्रसिंह ऐरीले २१ र आशिफ शेखले १४ रन थपे। करण केसी १३ रनमा नटआउट रहे। सोमपाल कामी १० रन बनाउँदा एलबीडब्लु धरापमा परे।
नेपाललाई कम स्कोरमा रोक्न एलेक्स रोय र रोलोफ भान डेर मर्वेले समान तीन विकेट लिए। लोगान भान विकले दुई र काइल केलिनले एक विकेट लिए।

प्रतिक्रिया