आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेदरल्यान्डसविरुद्धको खेलमा नेपाली टोलीमा अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरिएको छ। मुख्य प्रशिक्षक स्टुआर्ट लले नन्दन यादवको स्थानमा ललित राजवंशीलाई ल्याएका छन्।
पहिलो खेलमा नामिबियासँग आठ विकेटको फराकिलो हार भोगेको नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा छ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी।
Shares

प्रतिक्रिया