जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली अफगानिस्तान र जापान रहेको समूह ‘ए’मा परेको छ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्। एसियन गेम्सको क्वालिफिफायर राउन्डमा ६ टोली सहभागी हुनेछन्।
६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले अन्तिम आठमा स्थान पक्का गर्नेछन्। छनोट खेल सेप्टेम्बर २४ देखि २६ सम्म हुनेछ।
क्वार्टरफाइनल खेल सेप्टेम्बर २८ मा हुनेछन्। पहिलो क्वार्टरफाइनलमा छनोट चरण पार गरेका टोलीले भारत र दोस्रो क्वार्टरफाइनलमा पाकिस्तानसँग खेल्नेछन्।
सेप्टेम्बर २९ मा श्रीलंका र बंगलादेशले छनोट चरणबाट स्थान बनाएका टोलीसँग खेल्नेछन्। सेमिफाइनल खेल अक्टोबर १ मा हुनेछ। तेस्रो स्थानका लागि तथा फाइनल खेल अक्टोबर ३ मा हुनेछ।
नेपालले सिंगापुरमा भएको छनोट खेलबाट एसियन गेम्समा स्थान बनाएको हो।
Shares

प्रतिक्रिया