पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन गएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका खनाल चीनको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वहरूसँग भेटघाट गर्नेछन्।
भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, मैत्री र सहयोगका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
12
Shares

प्रतिक्रिया