खेल


काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

नेपालखबर
साउन ८, २०८३ शुक्रबार २०:५५, काठमाडौँ

पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय भलिबल टोली सेमिफाइनल दौडबाट बाहिरिएको छ। 

शुक्रबार भएको तेस्रो खेलमा पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपालको सेमिफाइनल खेल्ने सम्भावना सकिएको हो। 

पाकिस्तानको इस्लामावादमा भएको एकपक्षीय खेलमा नेपाल पाकिस्तानसँग २५-१४,२५-१८ र २५-१० ले पराजित भयो। 

नेपाल श्रीलंका र काजकस्तानसँग समान ३-२ को सेटमा पराजित भएको थियो। 

नेपालले आइतबार बंगलादेश र सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ। 

च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्।

च्याम्पियनसिपमा सबै टोलीको खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad