ग्लोबल


साउदीमा बस दुर्घटना हुँदा मृत्यु भएका ४५ भारतीयको अन्त्येष्टि उतै गरिने

साउदीमा बस दुर्घटना हुँदा मृत्यु भएका ४५ भारतीयको अन्त्येष्टि उतै गरिने

मृतकमध्ये ७ जनाको तस्बिर


नेपालखबर
मंसिर २, २०८२ मंगलबार १३:२५, काठमाडौँ

आइतबार राति साउदी अरबको मक्का-मदिना राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु भएका ४५ भारतीय नागरिकको शव स्वदेश फिर्ता नल्याइने भएको छ।

उनीहरू सबै उमराह (इस्लामिक तीर्थयात्रा) का लागि साउदी अरब गएका थिए।

तेलङ्गाना मन्त्रिपरिषद्ले सोमबार  गरेको निर्णयअनुसार सबै मृतकलाई उनीहरूको धार्मिक रीतिरिवाज अनुसार साउदी अरबमै अन्त्येष्टि गरिनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार अन्त्येष्टिमा भाग लिन प्रत्येक परिवारबाट दुई जना सदस्यलाई साउदी अरब पठाइनेछ।

केही मिडिया रिपोर्टका अनुसार, परिवारलाई शव भारत फिर्ता ल्याउने वा मदिनाको जन्नतुल बाँकीमा गाड्ने विकल्प दिइनेछ। तर साउदी कानुनमा शव फिर्ता गर्न अत्यन्तै कठिन छ।

गत आइतबार राति मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोकिएर आगलागी हुँदा भारतीय १८ महिला, १७ पुरुष र १० बालबालिकाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad