इथियोपियामा १२ हजार वर्षपछि पहिलोपटक आइतबार अचानक ज्वालामुखी विस्फोट भएको छ।
विस्फोटबाट निस्केको धुवाँ लगभग १५ किलोमिटर उचाइसम्म पुग्यो र लाल सागर हुँदै यमन र ओमानसम्म फैलियो।
अफार क्षेत्रको हाली गुब्बी ज्वालामुखीमा विस्फोट भएको हो।थियो।
घटनामा कसैको पनि मृत्यु भएको छैन, तर यमन र ओमानका सरकारले मानिसहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्, विशेष गरी श्वासप्रश्वास समस्या भएकाहरूलाई।
आकाशमा खरानीका कारण विमान उडानमा पनि समस्या भइरहेको छ। भारतमा समेत खरानी खस्ने सम्भावना देखिएपछि दिल्ली र जयपुरजस्ता क्षेत्रमा उडानमा निगरानी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
वैज्ञानिकहरूले सयौँ वर्षमा पहिलोपटक भएको ज्वालामुखी विस्फोटलाई यस क्षेत्रको इतिहासको सबैभन्दा असाधारण घटनामध्ये एक भनेका छन्।
गल्फ न्युजका अनुसार, विस्फोटका कारण ठूलो मात्रामा सल्फर डाइअक्साइड (SO₂) पनि निस्केको छ, जसले वातावरणीय र स्वास्थ्यमा असरको चिन्ता बढाएको छ।
वैज्ञानिकले यसले भित्र दबाब बढिरहेको, म्याग्मा सरिरहेको र थप विस्फोट हुने संकेत गरेको बताएका छन्।
अनुसन्धानकर्ताहरूले अब हेली गुब्बीलाई अध्ययनका लागि एक प्रमुख स्थलका रूपमा हेरिरहेका छन्। उनीहरूले हजारौँ वर्षको निष्क्रियतापछि यो ज्वालामुखी किन सक्रिय भयो भनेर बुझ्ने प्रयास गर्नेछन्। यस्ता अध्ययनले टेक्टोनिक रिफ्ट क्षेत्रमा अवस्थित ढाल ज्वालामुखीको व्यवहारमा नयाँ अन्तर्दृष्टि प्रदान गर्न सक्छन्।
यो दुर्लभ विस्फोटको अध्ययन गर्ने वैज्ञानिकहरूले टेक्टोनिक रिफ्ट क्षेत्र (जहाँ पृथ्वीका प्लेट अलग भइरहेका छन्) मा अवस्थित ज्वालामुखीको व्यवहार बुझ्न मद्दत गर्नेछ।
Shares

प्रतिक्रिया