ग्लोबल


ट्रम्पको 'शान्ति योजना'मा छलफल भइरहेका बेला रुस र युक्रेनबीच हानाहान

ट्रम्पको 'शान्ति योजना'मा छलफल भइरहेका बेला रुस र युक्रेनबीच हानाहान

युक्रेनले रुसको आक्रमणमा ६ जनाको मृत्यु भएको बताएको छ।


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १५:४७, काठमाडौँ

युद्ध अन्त्य गर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको 'शान्ति योजना'बारे छलफल भइरहेका बेला युक्रेन र रुसले एकअर्काका सहरमा आक्रमण गरेका छन्।

युक्रेनको राजधानी किएभका मेयर भिटाली क्लिट्स्कोले रुसको आक्रमणमा ६ जनाको मृत्यु भएको बताएका छन्।

यसअघि अधिकारीहरूले कम्तीमा दुई आवासीय ब्लकमा आक्रमण भएको बताएका छन्।

उता रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार र रोस्तोभको सीमावर्ती क्षेत्रमा रातभर धेरै हवाई आक्रमण गरेको बताएका छन्।

रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले २४९ युक्रेनी ड्रोन खसालेको बताएको छ।

रोस्तोभ क्षेत्रका कार्यवाहक गभर्नरले आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको बताएका छन्।

यसैबीच एक अमेरिकी अधिकारीले शान्ति योजनाको मस्यौदामा जेनेभामा भएको वार्तापछि अबुधाबीमा रुसी प्रतिनिधिहरूसँग बैठक हुने तय भएको जानकारी दिएको बीबीसीले जनाएको छ।

ट्रम्पले सुरुमा प्रस्ताव गरेको शान्ति योजना आइतबार जेनेभामा भएको बैठकमा परिमार्जन गरिएको छ र यसलाई अद्यावधिक शान्ति योजना भनिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू संशोधित शान्ति योजनामा 'मोटामोटी रूपमा' सहमत भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad