ग्लोबल


गोली लागेर अमेरिकी नेशनल गार्ड ढलिन्, डिसीको सुरक्षामा २ हजार ५ सय सेना परिचालन

गोली लागेर अमेरिकी नेशनल गार्ड ढलिन्,  डिसीको सुरक्षामा २ हजार ५ सय सेना परिचालन

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १३:२५, काठमाडौँ

अमेरिकी राजधानी विसंगटन डिसीको सुरक्षाका लागि ५०० सेना थप गरिएको छ। यो सँगै अमेरिकी राजधानको सुरक्षामा खटिने नेशनल गार्डको संख्या २ हजार ५ सय पुगेको छ।

एक संदिग्ध व्यक्तिले डिसीमा नेशनल गार्डमाथि आक्रमण गरेपछि डिसीको सुरक्षा व्यवस्था कडा पारिएको हो। बीबीसीका अनुसार अक्रमणकारीको नाम रहमानुल्लाह लकवाल हुन्। उनको हातमा ह्यान्ड गन थियो। त्यसमा चार राउन्ड गोली थियो। 

पहिलो गोली एक महिला नेशनल गार्डलाइ लागेको थियो। गोली लागेपछि उनी ढलेकी थिइन्। भिडन्तका क्रममा संदिग्ध व्यक्ति पनि घाइते भएका छन्। उनलाई तत्कालै अस्पताल लगिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध 'गम्भीर घाइते' भएको बताएका छन्। आक्रमण किन गरेका हुन् भन्ने अझै स्पष्ट भइसकेको छैन। ह्वाइट हाउस नजिक दुई नेशनल गार्डलाई गोली हान्ने व्यक्ति सन् २०२१ मा अफगानिस्तानबाट भागेका मानिसहरूका लागि शरणार्थी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। आक्रमणकारी २९ वर्षीय अफगानी नागिक रहमानुल्लाह लकनवालको भएको पुष्टि भएको छ।उनी अमेरिकामा वासिंटन राज्यमा बसोबास गर्थे। 

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले अफगानिस्तान कब्जा गर्दा भागेका अफगानीहरूलाई अमेरिकाले शरण दिएको थियो। अफगान युद्धका क्रममा अमेरिकी सेनासँग काम गर्ने अफगानी नागरिकलाई विशेष आप्रवासी भिसा दिइएको थियो। कतिपयलाई परोल नामबाट अस्थायी मानवीय दर्जा दिइएको थियो। एक छुट्टै कार्यक्रममा ८ हजारभन्दा बढी अफगानी नागरिकहरूलाई निर्वासन राहत पनि दिइएको थियो।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले सामाजिक सञ्जालमा अफगानी नागरिकहरूबाट अध्यागमन आवेदनहरू रोकिएको घोषणा गरेको छ। 'सुरक्षा र जाँच प्रोटोकलहरूको थप समीक्षा नभएसम्म, अफगानी नागरिकहरूसँग सम्बन्धित सबै अध्यागमन अनुरोधहरूको प्रक्रिया अनिश्चित कालका लागि रोकिएको छ', अध्यागमन सेवाले भनेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार अबेर राति जारी गरेको एक भिडियो सन्देशमा भनेका छन्, 'थ्याङ्क्सगिभिङ विदाको समयमा ह्वाइट हाउसबाट नजिक नै नेशनल गार्डका दुई सदस्यलाई एकदमै नजिकबाट आक्रमण गरियो। यो जघन्य आक्रमण दुष्टता, घृणा र आतङ्कको कार्य हो। यो हाम्रो देश र मानवता विरुद्धको अपराध हो।'

उनले भनेका छन्, 'होमल्यान्ड सेक्युरिटीको विश्वास छ कि संदिग्ध सेप्टेम्बर २०२१ मा बाइडेन प्रशासनको समयमा ती कुख्यात उडानहरूबाट आएका थिए, जसको बारेमा धेरै चर्चा भएको थियो। को आउँदैछ भन्ने कसैलाई थाहा थिएन। संदिग्धको अवस्था बाइडेन प्रशासनद्वारा हस्ताक्षर गरिएको कानून मार्फत बढाइएको थियो।'

अमेरिकी राजधानीको सुरक्षाका लागि थप ५०० सैनिकहरू तैनाथ गरिएका छन्। यसअघि नै वाशिंगटन डीसीमा २ हजार नेशनल गार्डहरू तैनाथ थिए। (न्यूयोर्क टाइम्स र बीबीसीको रिपोर्ट आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad