ग्लोबल


भारतमा चक्रवातको चेतावनी

भारतमा चक्रवातको चेतावनी

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १०:३६, काठमाडौँ

भारतको मौसम विभाग (आईएमडी) ले चक्रवात दित्वाहबारे चेतावनी जारी गरेको छ।

आईएमडीले एक्समा पोस्ट गरेको छ, 'श्रीलंकाको तट र दक्षिणपश्चिम बंगालको खाडीमा बनेको चक्रवात दित्वाह नोभेम्बर ३० को बिहानसम्ममा उत्तरी तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रहरूमा पुग्ने सम्भावना छ।'

नोभेम्बर २८ मा जारी गरिएको प्रेस विज्ञप्तिमा चक्रवातका कारण डिसेम्बर १ सम्म तमिलनाडुमा भारी वर्षा हुजे भनिएको छ।

आईएमडीका अनुसार, यसले नोभेम्बर २९ र डिसेम्बर १ को बीचमा आन्ध्र प्रदेशका केही स्थानमा भारी वर्षा गराउन सक्छ।

यसैबीच आज केरला, पुडुचेरी र कर्नाटकका केही स्थानमा ३०-४० किलोमिटर प्रतिघण्टाको हावासहित भारी वर्षा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad