इजरायली सेनाले दक्षिणी लेबननमा फेरि हवाई आक्रमण गरेको छ।
यो हमला लेबनन र इजरायलले दशकौँपछि पहिलोपटक प्रत्यक्ष वार्ता सुरु गरेका बेला भएको हो।
इजरायली सेनाले माजादेल, बाराचित, जबा र महरोना सहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन भनेको छ।
इजरायली सेनाले ती स्थानमा इरान-समर्थित समूहका हतियार भण्डार रहेको आरोप लगाएको छ।
यद्यपि इजरायलको पछिल्लो हवाई आक्रमणमा कुनै हताहत भएको रिपोर्ट छैन।
नोभेम्बर २०२४ मा इजरायल र लेबननबीच युद्धविराम लागु भए पनि इजरायली सेनाले लगभग दैनिक रूपमा लेबननमा आक्रमण गरिरहेको छ।
पछिल्लो आक्रमणबारे लेबननबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
यद्यपि लेबननी नेताहरूले यसअघि नै इजरायलले युद्धविराम उल्लंघन गरिरहेको भन्दै आलोचना गरिसकेका छन्।
84
Shares

प्रतिक्रिया