ग्लोबल


मोदीलाई भेटेपछि पुटिनले भने : भारतलाई निर्बाध इन्धन आपूर्ति गर्न तयार छौँ

भएन ठूला हतियार सम्झौता, द्विपक्षीय व्यापार वृद्धिमा जोड
मोदीलाई भेटेपछि पुटिनले भने : भारतलाई निर्बाध इन्धन आपूर्ति गर्न तयार छौँ

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:३४,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरू भारतलाई निर्बाध इन्धन आपूर्ति गर्न तयार रहेको बताएका छन्। द्विपक्षीय वार्तापछि हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पुटिनले यस्तो बताएका हुन्।

यद्यपि, भारत र रुसबीच यसअघि अपेक्षा गरिएका ठुल्ठूला हतियार सम्झौता भने भएनन्। पुटिनको भ्रमणअघि एस–५०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली र एसयू–५७ लडाकु विमानसम्बन्धी सम्झौता हुनसक्ने बताइएको थियो।

यस्ता ठूला घोषणा नभए पनि व्यापार वृद्धिका उदेश्यले पुटिन र मोदीबीच अनेकौँ सम्झौता भएका छन्। पानीजहाज निर्माण, भारतीय नाविकहरूलाई तालिम, नयाँ जलमार्ग, गैरसैनिक आणविक ऊर्जा र महत्त्वपूर्ण खनिजबारे सम्झौताहरू भए।

पुटिनले हाल ६० अर्ब डलरको द्विपक्षीय व्यापार चाँडै १०० अर्ब पुग्ने अपेक्षा व्यक्त गरे। यसको ठूलो हिस्सा भारतले किन्ने कच्चा तेलले ओगट्छ। तर, अमेरिकाको भन्सार महसुल र दबाबपछि भारतीय कम्पनीहरूले रुसबाट किन्ने तेलको परिमाण घटाएका छन्। 

‘रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जा क्षेत्रका विकासका लागि आवश्यक पर्ने सबैखाले इन्धनको भरपर्दो आपूर्तिकर्ता हो,’ संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, ‘हामी भारतलाई आवश्यक पर्ने इन्धन निर्बाध आपूर्ति गर्न तयार छौँ।’

मोदीले भारतको साथमा बलियोगरी उभिएकोमा पुटिनलाई धन्यवाद दिए। उनले ऊर्जा सुरक्षाको कुरा गरे तर तेलको नाम लिएनन्। 

युक्रेन युद्धका सवालमा मोदीले आफूहरू सुरुदेखि तटस्थ नभई शान्तिको पक्षमा रहेको उल्लेख गरे। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad