ग्लोबल


इन्डोनेसिया बाढी : मृतकको संख्या ९०० पुग्यो

इन्डोनेसिया बाढी : मृतकको संख्या ९०० पुग्यो

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ४:४६, काठमाडौँ

इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ९०० जनाको मृत्यु भएको पुष्टि भएको छ।

इन्डोनेसियाका उद्धार टोलीहरूले विनाशकारी बाढी र पहिरोबाट प्रभावित हजारौँ मानिसलाई मद्दत गरिरहेका छन्।

एक हप्ताभन्दा बढी समयदेखि भारी मनसुनी वर्षाका कारण इन्डोनेसियाका धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन्।

बीबीसीका अनुसार सयौँ मानिस अझै बेपत्ता छन् र तिनीहरूका शव हिलोमुनि पुरिएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले अनिकालको जोखिमबारे पनि चिन्ता व्यक्त गरेको छ। दुर्गम गाउँहरूमा पुग्न गाह्रो छ। केही गाउँ पूर्ण रूपमा बगाएको बताइएको छ।

श्रीलंका र थाइल्यान्ड पनि यतिबेला बाढीको गम्भीर चपेटामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad