ग्लोबल


इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्युु

इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्युु

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १७:५२, काठमाडौँ

इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी 'टेरा ड्रोन'को कार्यालय भवनमा मंगलबार आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

एएफपी समाचार एजेन्सीले भने ड्रोन कम्पनीको भवनमा ब्याट्री विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। 

भवनमा लागेको आगो द्रुत गतिमा फैलिएपछि उनीहरू भवनभित्र मृत फेला परेका हुन्।

गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शव झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको छ।

सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी जारी राखेको जनाइएको छ।

उद्धारकर्मीहरूले आगलागीपछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यामबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो।

थप पीडित अझै पनि भवनभित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन्।

अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार जारी राखेका छन्।

आगलागी हुँदा भवनभित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad