रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा सेनाका जनरलको मृत्यु भएको जानकारी बताएका छन्।
रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको हो।
समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए।
बीबीसीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ।
युक्रेनी गुप्तचर निकायको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।
युक्रेनबाट भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी आएको छैन।
96
Shares

प्रतिक्रिया