चीनले ताइवान आसपास सैन्य अभ्यास सुरु गरेको छ।
चीनले यो अभ्यास 'पृथकतावादी शक्तिहरू'लाई चेतावनी दिन गरिएको बताएको छ।
चिनियाँ सेनाका अनुसार अभ्यासमा सेना, नौसेना, वायुसेना र रकेट बल सहभागी छन्। अभ्यासमा लाइभ फायर ड्रिल पनि छ।
यो सैन्य अभ्यासलाई 'न्याय मिसन २०२५' नाम दिइएको छ।
अमेरिकाले ताइवानलाई ११ अर्ब डलरमा प्रमुख हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि चीनले यो सैन्य अभ्यास थालेको हो।
चीनले हतियार बेच्ने उक्त निर्णयको कडा विरोध गर्दै अमेरिकी रक्षा कम्पनीहरूविरुद्ध प्रतिबन्ध लगायो।
यस वर्ष आफ्नो रक्षा बलियो बनाउने ताइवानको प्रयासबाट पनि चीन चिन्तित छ।
चीनले ताइवानलाई आफ्नै हिस्सा ठान्छ भने ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ।
111
Shares

प्रतिक्रिया