युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको गुप्तचर प्रमुख किरिलो बुडानोभलाई आफ्नो ‘चिफ अफ स्टाफ’ बनाएका छन्।
यसअघि उक्त पदमा रहेका एन्ड्री येर्माकलाई भ्रष्टाचार आरोप लागेपछि उनी राजीनामा दिन बाध्य भएका थिए।
त्यसको एक महिना पछि जेलेन्स्कीले उनको स्थानमा बुडानोभ नियुक्ति गरेका हुन्।
जेलेन्स्कीले राजधानी किएभमा बुडानोभसँग भेटको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय युक्रेनलाई सुरक्षासँग सम्बन्धित विषयमा बढी ध्यान दिन आवश्यक छ।’
यसअघि ३९ वर्षीय बुडानोभले सैन्य गुप्तचर एजेन्सी ‘हुर’को नेतृत्व गरिरहेका थिए। जुन एजेन्सीले रुसविरुद्ध निकै प्रभावकारी आक्रमण गरिएको दाबी गरेको छ।
जेलेन्स्कीले वर्तमान रक्षामन्त्री डेनिस स्मिहालको ठाउँमा बुडानोभ आउने संकेत पनि गरेका छन्।
150
Shares

प्रतिक्रिया